जबर्जस्ती करणी गर्ने युवक पक्राउ

पाल्पा | साउन १३, २०८०

जबर्जस्ती करणी गर्ने युवक पक्राउ

पाल्पा:    तानसेनको एक होटलमा जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले आफूलाई जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडितको भनाई छ । 


उक्त भिडियो सार्वजनिक गर्ने र भाइरल बनाउने डरधम्की दिएर पुनः बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले जबर्जस्ती प्रहरीले जनाएको छ ।


युवकले जबर्जस्ती गरेको अश्लिल भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । आरोपी पुरुषलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थापाले बताउनुभयो ।   

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्